बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

भक्तपुर- प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।

National life

अस्पतालका लागि पाँचवटा भवनलगायत आवश्यक पूर्वाधार निर्माण गरी आजदेखि अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । अरनिको राजमार्गसँगै जोडिएको नगरपालिका-८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याएको हो। 

अस्पताल निर्माण समितिका संयोजकसमेत रहेका वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले अस्पतालमा आजैदेखि बिरामी राखेर उपचार गरी सेवा सुरु गरिने बताए। 

'अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रेलगायत आवश्यक सबै सेवा दिने गरी व्यवस्थापन गरेका छौं, अस्पतालमा नयाँ तथा आधुनिक प्रविधि पनि जडान गरेका छौं,' उनले भने।

नगरपालिकाले दधिकोटस्थित नगर अस्पतालमा रहेका चिकित्सकसहितको टोली, विभिन्न वडामा रहेका स्वास्थ्य चौकीका अतिरिक्त स्वास्थ्यकर्मी, नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गरिएको जानकारी दिँदै वडाध्यक्ष थापाले अहोरात्र आफूहरु खटिएर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए। उनले भने, 'अस्पतालमा २४सै घण्टा सेवा सञ्चालन हुन्छ, अरनिको राजमार्गसँगै जोडिएको हुनाले नगरवासीका साथै यस जिल्ला, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेकाकोसमेत छिटो, सहज एवं सुलभ उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याएका छौँ, यो अस्पताललाई अझै बिस्तार र अत्याधुनिक बनाउने हाम्रो योजना छ।'

Shivam cement

एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले देशभर ३९६ वटा अस्पताल एकैपटक शिलान्यास गर्दा शिलान्यास गरिएको यस अस्पतालमा नगरपालिकाको रकम र सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट अस्पताल सञ्चालनमा ल्याइएको हो। 

नगरपालिकाको रु आठ करोड र सांसद विकास कोषको रु ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शय्याको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शय्या थपको स्वीकृति लिएर ५० शय्या हुँदै १०० शय्यासम्म पुर्‍याउने लक्ष्य रहेको उहाँको भनाइ थियो। नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउने भएको छ।

- रासस

प्रकाशित: Feb 19, 2022| 13:18 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।