शनिबार, साउन ३०, २०८३

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- बाँकेमा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ।

घास-दाउराका लागि जंगल गएका राप्ती सोनारी गाउँपालिका-६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।

चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँकेमा असोजयता मात्रै बाघको आक्रमणबाट पाँच जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: Feb 19, 2022| 11:15 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।