शनिबार, कात्तिक ७, २०८३

फेसबुकमा एउटा भेट

घरीघरी लाग्थ्यो, यो तनाव र छटपटीबाट मुक्त हुन केही साता वा महिनाका लागि कतै टाढा जाऊँ तर त्यो सम्भव थिएन। म बडो अप्ठ्यारो स्थितिमा थिएँ। मलाई लाग्यो, यो कस्तो सम्बन्ध हो, न जोड्न सकिने न भत्काउन सकिने। जीवन शायद यस्तै अप्ठ्याराहरूको नाम हो।
 |  शनिबार, फागुन ७, २०७८

राजेश विद्रोही

राजेश विद्रोही

शनिबार, फागुन ७, २०७८

फेसबुकको च्याटबक्समा एउटी युवती झुल्किइन्।

'नमस्ते।'

'नमस्ते।', मैले पनि फर्काएँ।

'कस्तो हुनुहुन्छ?', उसको दोस्रो प्रश्न।

'सन्चै तिमी नि?', म कुराकानीमा अग्रसर भएँ।

'म पनि सन्चै छु। कहाँ हुनुहुन्छ?', उनले प्रश्नको क्रम रोकिनन्।

'अफिसमा छु। तिमीचाहिँ कहाँ छौ?', मैले  जवाफ दिँदै प्रश्नको क्रम जोड्दै गएँ।

'म घरमा छु।'

त्यसपछि धेरै कुराकानी भए, पेसागत, पारिवारिक र व्यक्तिगत पनि। उनीसँग मेरो त्यति राम्रो परिचय थिएन। एकपटक थोरै समयका लागि भेटसम्म भएको हो तर उनको आकृतिलाई म सम्झिन सक्दिनँ थिएँ। 

यो अपरिचयमा पनि एक प्रकारको आकर्षण थियो। त्यसदिन फेसबुकमा घण्टौंसम्म कुराकानी भयो। अन्तमा दुवैजना एक-अर्कालाई 'बाई' भन्दै छुट्टियौं। भोलिपल्ट फेरि त्यही समयमा फेसबुक 'लगइन' गरेँ, च्याट बक्समा उपस्थित थिइन् उनी। फेरि सुरु भयो कुराकानीको क्रम। कतिपय प्रश्न हिजोकै दोहोरिए, उत्तर पनि तिनै थिए। सम्भवतः हामी दुवै कुराकानीलाई लम्ब्याउने बहाना खोज्दै थियौं।

कुराकानीसँगै आत्मीयता पनि बढ्दै गयो। उनले लेखिन्, 'मलाई तपाईंसँग बोल्न पाउँदा खुसी लाग्छ।'

'मलाई पनि', मैले थपेँ।

'खाना खानुभयो?', उनले प्रश्न गरिन्।

'छैन, तिमीले खायौ?'

'मैले त खाइसकेँ', उनले लेखिन्।

अब यो दिनचर्या भइसकेको थियो। हरेक दिन निर्धारित समयमा म फेसबुक 'लगइन' गरेर उनलाई खोज्थेँ, उनी पनि झुल्किन्थिन्। उनलाई देखेर खुसी लाग्थ्यो, शायद उनी पनि खुसी हुन्थिन्। शायद, किनभने म उनको मनमा चिहाउन सक्दिन थिएँ तर उनको कुराकानीबाट म यस्तै अनुभूति गर्थें।

एउटा अदृश्य धागो जसले मलाई क्रमशः उनीतर्फ तानिरहेको थियो। एउटा अबोध बालक पुतलीतर्फ आकर्षित भएजस्तै म नजानिँदो पाराले उनीतर्फ तानिँदै गएँ।

थाहा छैन मेरो कुन जन्मको साइनो थियो। लामो समयदेखि एक्लोपन महसुस गरिरहेको जीवनमा एउटा मीठो अनुभूति बनेर आएकी थिई र मेरो मनको शान्त तलाउमा ढुङ्गा फालेर तरङ्गित बनाइदिएकी थिई। 

यो सामीप्यले म रोमाञ्चित थिएँ र

एउटा अदृश्य धागो जसले मलाई क्रमशः उनीतर्फ तानिरहेको थियो। एउटा अबोध बालक पुतलीतर्फ आकर्षित भएजस्तै म नजानिँदो पाराले उनीतर्फ तानिँदै गएँ। उनीसँग कुरा नगर्दा मलाई उकुसमुकुस हुन थाल्यो। यस्तो कहिल्यै भएको थिएन। त्यो छटपटी र पीडा पनि मीठो लाग्न थालेको थियो।

'एकै नजरमा प्रेम' भन्ने परम्परागत भनाइ यो सन्दर्भमा गलत साबित भएको थियो। उनीसँग मेरो भेट फरक सन्दर्भमा भएको थियो तर त्यति बेला उनीप्रति मेरो कुनै भावनात्मक आकर्षण थिएन। औपचारिकताका लागि केही बेर कुराकानी भएको थियो र हामी छुट्टिएका थियौँ।

फेसबुकमा उनले नै 'फ्रेन्ड रिक्वेस्ट' पठाएकी थिइन्। अरूलाई जस्तै उनलाई पनि मैले विना उद्देश्य स्वीकार गरेको थिएँ। भौतिक भेटघाटमा पलाउन नसकेको माया फेसबुकको निर्जीव मैदानमा कसरी पलायो, म अहिले पनि भन्न सक्दिनँ। उनको काल्पनिक छवि मेरो हृदयमा कसरी गाडियो भने त्यसलाई म निकाल्न नसक्ने अवस्थामा पुगेको थिएँ।

भनिन्छ, प्रेम हृदयको साइनो हो। त्यसैले त प्रत्यक्ष  भेटघाटविना नै उनको हृदयसँग मेरो हृदय साटिएको थियो। हृदयमा एक प्रकारको हाहाकार मच्चिएको थियो, समय कुनै एउटा विन्दुमा पुगेर टक्क रोकिएझैं अनुभूति हुन्थ्यो। फेसबुकमा जब उनीसँग कुरा गर्न थाल्थेँ, समय बितेको पत्तै हुँदैनथ्यो।

रातभरि कोल्टे फेर्थें, निन्द्रा कोशौँ टाढा भाग्थ्यो। हृदयको गहिराइमा एउटा मीठो पीडा हुन्थ्यो।

फेसबुकमा संवाद जारी नै थियो। हरेक दिन हामी घण्टौँ संवाद गथ्र्यौं। सामान्यतः अर्थहीन संवाद। प्रेममा तर्क र दर्शनको स्थान हुँदैन। शायद त्यसैले ती अर्थहीन संवाद पनि मेरा लागि महत्त्वपूर्ण थिए। घरी–घरी म आफैंसँग सोध्थेँ, 'मलाई यो के हुँदैछ? के यो सही हो?' जवाफ कुनै शास्त्रमा थिएन। म उत्तरविहीन भएर छट्पटिन्थेँ। म त्यसै पनि भावुक र एकान्तप्रिय मान्छे। उनीसँगको निकटताले मलाई अझै एकान्तप्रिय बनाएको थियो। मनमा अनेकौँ तर्कनाहरू आउँथे र हृदयलाई बोझिल बनाउँथे। रातको नीरवतामा जीवनको परिभाषा खोज्थेँ र त्यसभित्र प्रेमको अर्थ।

भनिन्छ, प्रेम र युद्धमा सबै जायज हुन्छ तर म दोधारमा थिएँ। उनीसँगको मेरो सम्बन्ध के जायज छ ? यस्तै प्रश्न मेरो मस्तिष्कमा पटक–पटक घन बनेर बज्रिन्थ्यो। मैले कयौंपटक उनीसँग टाढिने प्रयास नगरेको होइन, तर म उनीसँग टाढिन नसक्ने अवस्थामा पुगेको थिएँ।

०००

एकदिन उनले च्याट बक्समा लेखिन्, 'मैले पहिले त जस्ट फ्रेन्डसीप गर्न चाहेको थिएँ तर तपाईंसँग यति क्लोज कसरी भएँ, मलाई नै थाहा छैन।'

'मलाई पनि त्यस्तै भएको छ', मैले जवाफमा लेखेँ, 'म तिमीविना बाँच्न सक्दिनँ।'

'तर म दोधारमा छु', उनले लेखिन्, 'म आमालाई असाध्यै माया गर्छु, उहाँको आँखामा आँसु देख्न सक्दिनँ।'

हरेक दिन कयौंपटक फोनमा कुरा गर्थ्यौं। म जब सम्हालिन खोज्थेँ, उनी फोन गरेर बिथोलिदिन्थिन्। थाहा छैन, फोनमा के कुरा गर्थ्यौं तर गफ कहिल्यै सिद्धिँदैनथ्यो। 

'तिमी सही छौ। आमाबुबालाई खुसी दिनु सन्तानको कर्तव्य हो', मैले थपेँ, 'यो त भावनाको साइनो हो, त्यसैले म तिमीलाई फोर्स गर्दिनँ।'

'म जति टाढा भए पनि तपाईंलाई बिर्सिन सक्दिनँ', उनी लेख्दै गइन्, 'तर मलाई डर लाग्छ।'

'त्यसो भए अब यो सम्बन्धलाई समाप्त गरौँ', च्याट बक्समा मैले थपेँ, 'शायद हाम्रो सम्बन्धको नियति नै यही हो।'

'हामी राम्रो साथी त हुन सक्छौँ नि।' उनले अर्को प्रस्ताव राखिन्।

'अब हामी नबोलौँ। बोल्दै जाँदा सम्बन्ध झन् नजिक हुँदै जान्छ र पछि छुट्टिन गाह्रो हुन्छ।' प्रत्युत्तरमा मैले लेखेँ।

'बोल्दैमा त के हुन्छ र ?' उनको प्रश्न थियो।

'म अब आउट हुन्छु।'

'प्लिज, दुई मिनेट बोलौँ न।' उनको आग्रह थियो।

उनको आग्रहलाई अस्वीकार गर्दै मैले फेसबुक 'लग आउट' गरेँ। उनले मोबाइलमा फोन गरिन्, मैले उठाइनँ। उनले धेरै बेरसम्म पटक–पटक फोन गरिन्, तर मैले उठाइनँ। उनले म्यासेज पठाइन्, 'सरी !' मैले पनि म्यासेज पठाएँ, 'रातिदेखि मलाई सन्चो छैन, त्यसैले म एक्लोपन चाहन्छु। म तनावमा छु।' त्यसपछि उनको म्यासेज आयो, 'अबदेखि म्यासेज पनि नपठाउनू, फोन पनि नगर्नू। मैले तपाईंलाई साथी बनाएर गल्ती गरेँछु।'

उनको वाक्य मेरो मुटुमा चस्स बिझ्यो। त्यो चोट सहने सामर्थ्य मसँग थिएन तर सहनुको विकल्प पनि थिएन। मैले म्यासेज पठाएँ, 'सरी फर माई मिस्टेक।'

मैले उनीसँग बोल्न नचाहेको होइन। म उनलाई मात्र होइन, आफैंलाई पनि ढाँटिरहेको थिएँ। वास्तवमा म जानी–जानी नै झगडा गरेर उनीसँगको सम्बन्ध समाप्त गर्न चाहन्थेँ तर त्यसपछि छटपटी झन् बढ्यो। मलाई फोन गरूँ–गरूँ लाग्यो, म्यासेज पठाउन मन लाग्यो। फेरि फेसबुकमा बस्न मन लाग्यो तर मैले आफूलाई बलपूर्वक रोकेँ।

रातभरि निन्द्रा लागेन र तनावको पारो चढ्दै गयो। मैले आफ्नो मोबाइल अफ गरेँ। घरीघरी लाग्थ्यो, यो तनाव र छटपटीबाट मुक्त हुन केही साता वा महिनाका लागि कतै टाढा जाऊँ तर त्यो सम्भव थिएन। म बडो अप्ठ्यारो स्थितिमा थिएँ। मलाई लाग्यो, यो कस्तो सम्बन्ध हो, न जोड्न सकिने न भत्काउन सकिने। जीवन शायद यस्तै अप्ठ्याराहरूको नाम हो।

भोलिपल्ट बिहानै घरबाट निस्किएँ। उनलाई बिर्सिने कोसिस जति गर्थें, म आफैंलाई बिर्सिन्थेँ। उनीप्रतिको माया झन्–झन् गाढा बन्दै जान्थ्यो। म बुझ्थेँ, यो ठिक होइन। मेरो उनीप्रतिको यो लगाव र एकोहोरोपन उचित होइन भन्ने मलाई थाहा थियो तर प्रेममा मस्तिष्कभन्दा हृदय प्रबल बन्दो रहेछ।

जति कोसिस गरे पनि मैले आफूलाई रोक्न सकिनँ। बेलुकातिर उनलाई फोन गरेँ, उनले फोन उठाइन्। 'नबोल्ने मान्छेले किन फोन उठाएको ?' मैले ठट्टामिश्रित प्रश्न गरेँ।

'नबोल्ने मान्छेले किन फोन गरेको ?' जवाफमा उनले पनि प्रश्न नै हुत्याइन्।

'मैले गरे पनि तिमीले नउठाएको भए हुन्थ्यो नि।' मैले भनेँ।

'मेरो मोबाइलमा आएको फोन म उठाउँछु। तपाईंले चाहिँ किन गर्नुभएको ?' उनले प्रश्न गरिन्।

एकछिन त म केही बोलिनँ, फेरि भनेँ, 'मैले आफूलाई रोक्न सकिनँ, धेरै तनाव भयो।'

उनले थपिन्, 'तपाईं आफूलाई मात्र सोच्नुहुन्छ। मलाई चाहिँ कम तनाव भयो र ?'

'कारण त तिमी नै हौ।' मैले दोष उसकै जिम्मा लगाएँ।

'अँ, आफैं रिसाउनुहुन्छ अनि दोष मलाई लगाउनुहुन्छ। मलाई साह्रै चित्त दुख्यो।' उनले प्रतिवाद गरिन्।

'मलाई धेरै गाह्रो भयो।' मैले भनेँ।

'मलाई पनि।' उनले थपिन्।

तनाव र छटपटीले गर्दा मलाई अघिल्लो रात खान मन लागेको थिएन। उनले पनि खाइनछिन्, उनलाई पनि निन्द्रा लागेनछ।

'अब मसँग बोल्न नछाड्नुस् है !' उनले भनिन्।

मलाई पनि उनीसँग नबोल्ने मन त कहाँ थियो र ? तर परिस्थिति नै त्यस्तो थियो। पछि दुर्घटना हुनुभन्दा समयमा नै मनलाई सम्हाल्नु उचित हुने निष्कर्षमा पुगेको थिएँ। मन आफ्नो नियन्त्रणमा नहुँदो रहेछ। यो सम्बन्ध उनको पढाइमा पनि तगारो बन्न खोज्दै थियो। त्यसैले म उनीबाट टाढिन खोज्थेँ, तर मनले मान्दैन थियो। कल्पनामा हरेक समय उनी नै आउँथिन्।

हरेक दिन कयौंपटक फोनमा कुरा गर्थ्यौं। म जब सम्हालिन खोज्थेँ, उनी फोन गरेर बिथोलिदिन्थिन्। थाहा छैन, फोनमा के कुरा गर्थ्यौं तर गफ कहिल्यै सिद्धिँदैनथ्यो। फोनमा कुरा गरेर फेरि च्याटमा बस्ने सम्झौता हुन्थ्यो र हामी फेरि च्याटमा झुम्मिन्थ्यौँ।

'म आफूलाई कन्ट्रोल गर्ने प्रयास गर्छु तर गाह्रो हुँदो रहेछ।' उनी लेख्थिन्।

'सम्झौता गर्नुपर्छ', म सम्झाउँथेँ, 'जीवन नै सम्झौता हो।'

'म तपाईंलाई कसरी बिर्सिन सक्छु ?' उनी अर्को वाक्य थप्थिन्।

'प्रेम पाउनुमात्र पनि त होइन। रोजेको सबै कुरा कहाँ पाइन्छ र ? गुमाउनुको पीडामा पनि एउटा आनन्द हुन्छ।' मनले नमाने पनि म लेख्थेँ।

'खै के हो ?' उनी अलमलमा पर्थिन् शायद।

'अब निन्द्रा लागेन ?' मेरो प्रश्न हुन्थ्यो।

'लागेन।' उनको छोटो उत्तर।

'बिरामी हुन्छौ।' म सम्झाउँथेँ।

'धेरै माया नगर्नुहोस्।' उनी भन्थिन्।

'गर्न मन लाग्छ।' म थप्थेँ।

कुरा यसरी नै लम्बिँदै जान्थ्यो र घडीको सुई घुमेको पत्तै हुँदैन थियो। हाम्रो सामाजिक–पारिवारिक पृष्ठभूमि र परिवेशको कुरा गर्थ्यौं अनि हाम्रो सम्बन्धको परिणाम सम्झिएर झस्किन्थ्यौँ।

फेसबुकमा हाम्रो भेट अहिले पनि जारी नै छ। मलाई थाहा छ, यो सम्बन्धको परिणाम मेरा लागि दुःखद हुनेछ। त्यो अवस्थालाई झेल्ने सामर्थ्य म कसरी जुटाउन पाउँला, अहिले कल्पना मात्रले पनि मेरो हृदयलाई झस्काउँछ। 

सम्भावित दुःखद परिणामको पूर्वाभास हुँदा–हुँदै पनि म यो सम्बन्धलाई त्यतिञ्जेलसम्म जीवित राख्न बाध्य छु।

प्रकाशित: Feb 19, 2022| 10:00 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।