मकवानपुर- मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ। मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शुक्रबार राति कान्तिलोकपथ अन्तर्गत पर्ने शिखरकटेरीमा अन टेष्ट ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा मकवानपुरगढी–२ का २१ वर्षीय सुशील विक रहेका छन्।
आफू चढेको ट्याक्टरबाट खसेका विकलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै ज्यान गएको हो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने चालको फरार रहेका छन्।
फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाको विरोधमा अहिले स्थानीयले लोकपथ अवरुद्ध गरेका छन्।