शनिबार, साउन ३०, २०८३

कुटपिट गरी घाइते बनाएको अभियोगमा तीन जना पक्राउ

कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा तीन जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

जुम्ला- कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा तीन जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नव जंग रोकाया, २४ वर्षीय बखत रोकाया र २४ वर्षीय ईश्वर पछाई रहेका छन्। सामान्य बादबिबादमा उनीहरू समेत चार जनाले बिहीबार साँझ कुटपिट गर्दा घाइते भएका वडलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोठिच्युलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

कुटपिटमा संलग्न हाल फरार रहेका सोही ठाउँ बस्ने २१ को कुरम रोकायको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 19, 2022| 09:05 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।