बिहीबार, असार ११, २०८३

सेनाले तीन दिने वृहत प्रदर्शन गर्ने

नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८
National life
Shivam cement

काठमाडौं- नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ। केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्वन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रर्दशनी गरिँदैआएको छ। यही फागुन १७ गते महाशिवरात्रीका दिन सेना दिवस मनाइँदैछ।

निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा नेपालका प्रमुख सेनानायकलगायत तस्वीर, सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्वन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रर्दशनी अवलोकन गरी जानकारी हाँसिल गर्न सकिने छ। सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० बजेदेखि साँझ पाँच प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ।

प्रकाशित: Feb 19, 2022| 08:35 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।