शनिबार, कात्तिक ७, २०८३

'हनिमुन'ले उठाउन खोजेको युवापुस्ताको प्रेमकथा

भर्खरै विवाह गरेर ल्याएको श्रीमतीको पूर्वप्रेमी भएको थाहा पाएपछि युवतीले पूर्वप्रेमीसँग यौन सम्बन्ध पनि राखेको हुन सक्ने शंका गर्छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- प्रेममा शारीरिक सम्बन्ध 'अनिवार्य' हुन्छ भन्ने मनो-विज्ञानबाट युवापुस्ता गुज्रिएको छ। प्रेम र शारीरिक सम्बन्धलाई परिपूरक रूपमा लिने तर विवाहका लागि भने 'भर्जिन' युवती खोज्ने पुरुष मनोदशालाई छोटो फिल्म 'हनिमुन'ले चित्रण गर्न खोजेको छ। 

भर्खरै विवाह गरेर हनिमुन मनाउन नयाँ ठाउँमा पुगेका जोडीबीच विवाह अगाडिको प्रेम र यौनसम्बन्धबारे विवाद चर्किन्छ। विवाद चर्किनुको मुख्य कारण युवतीको मोबाइलमा आएको म्यासेज। उक्त म्यासेज युवतीका पूर्वप्रेमीले पठाएका थिए। 

श्रीमतीको पूर्वप्रेमी भएको थाहा पाएपछि युवतीले पूर्वप्रेमीसँग यौन सम्बन्ध पनि राखेको हुन सक्ने शंका गर्छन् युवक। जब श्रीमानले आफ्नो चरित्रमाथि शंका गर्छन् तब युवती पनि आत्मविश्वासका साथ युवकसँग बहस गर्छिन्।

निर्देशक रामजी ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर 'हनिमुन' सार्वजनिक गरेका हुन्। लामो समयदेखि मनोञ्जन विधामा रिपोर्टिङ गर्दै आएका ज्ञवालीले विवाहित युवायुवतीमा हुने असमझदारीले निम्ताउने बेमेललाई 'सर्ट मुभी'मार्फत् देखाउने प्रयास गरेको बताए। 

ज्ञवालीले विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ। उनले यसअघि डार्क मुन, एक लभर, लकडाउनलगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन्।

हनिमुन विजय अर्यालको आवाज, विशाल निरौलाको म्युजिक, योगेश काजीको ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा तयार भएको हो। चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन्। चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौंस्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक कार्यक्रमका बीच चलचित्र हनिमुन सार्वजनिक गरिएको थियो। 

प्रकाशित: Feb 18, 2022| 15:40 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।