बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १ लाख १९ हजार म्यादी प्रहरी भर्ती गर्ने तयारी, पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता

१ लाख १९ हजार म्यादी प्रहरी भर्ती गर्ने तयारी, पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता

सरकारले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सरकारले १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गर्ने योजना बनाएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- सरकारले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सरकारले १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गर्ने योजना बनाएको छ। 

National life

गृह मन्त्रालयले ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड-२०७८/२०७९’ निर्माण गरी म्यादीमा भर्ना लिइने जानकारी दिएको छ। प्रहरी प्रधान कार्यलयले यसको मापदण्ड निर्धारण गरेर मन्त्रालयमा पठाएपछि विज्ञापन खुलाउने तयारी छ। 

मन्त्रालयले म्यादि प्रहरीमा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने समेत जनाएको छ। म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक ,सेना प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा सहभागी भएका व्यक्तीलाई प्राथमिकता दिइने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। म्यादी प्रहरी भर्ना गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइने भएको छ।

म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ। पाठ्यक्रममा स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यान दिएर आवश्यक पर्ने अनुभव, ज्ञान सीप र आचरणसम्बन्धी विषय समावेश गर्ने भनिएको छ। यसअघि २०७४ सालको निर्वाचनमा ९९ हजार ९५५ म्यादी प्रहरी भर्ना गरिएको थियो। 

निर्वाचन आयोगले पूर्वतयारीबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको थियो। सेवानिवृत्त, तालिमप्राप्त राष्ट्रसेवकहरुलाई प्रयोग गर्न आयोगको सुझाव छ। म्यादी प्रहरीका लागि सरकारले ४ अर्ब बजेट छुट्ट्याउने भएको छ। म्यादी प्रहरीमा छनौट भए १५ दिनको तालिम दिएर निर्वाचन सुरक्षाको काममा खटाइने छ। 

Shivam cement

प्रकाशित: Feb 18, 2022| 15:17 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।