बिहीबार, असार ११, २०८३

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन

अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बानेश्वरमा प्रदर्शन गरिएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बानेश्वरमा प्रदर्शन गरिएको छ। प्रदर्शनका कारण काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।

National life

एमसीसीविरुद्ध प्रदर्शन गर्दा यातायात अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। माइतीघर–नयाँ बानेश्वर, नयाँ बानेश्वर–कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिएका छन्। उनीहरूले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले संयुक्त रुमा आन्दोलन गरिरहेका हुन्।

प्रकाशित: Feb 18, 2022| 13:12 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।