काठमाडौं- धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षकको ज्यान गएको छ। ज्यान गुमाउनेमा पूर्व इन्सपेक्टर मुक्ति सिक्देल रहेका छन्।
राजमार्गको नलाङ बैरेनी खण्डमा मर्निङवाकमा रहेका सिक्देलको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
सिक्देललाई ठक्कर दिएर फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिएको छ। मगर दुर्घटना लगत्तै आफूले चलाएको बा.अ.३४प ५०५२ नम्बरको मोटरसाइकल छाडेर भागेका थिए। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।