बिहीबार, असार ११, २०८३

नेपालमै पहिलो पटक 'छिमेकी चरा' एपमार्फत चरा गणना हुने

कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ 'छिमेकी चरा एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

कञ्चनपुर- कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ 'छिमेकी चरा एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ। नेपाल पक्षी संरक्षण संघले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो। स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको संघका चराविज्ञ हिरुलाल डगौराले बताए।

National life

‘मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ’, उनले भने, ‘एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै संख्यासहित एपमा फोटो अपलोड गर्छन्।’

पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उनी बताउछन्। ‘त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन-कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निर्क्योल हुन्छ’, उनले भने, ‘स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ।’

स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जानकारी दिए। चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ। यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ।

चराको महत्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ। एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ। रासस

Shivam cement

प्रकाशित: Feb 18, 2022| 10:21 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।