शनिबार, साउन ३०, २०८३

कीर्तिपुरमा बुवाको हत्या आरोपमा दुई छोरा पक्राउ

बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ। बिहीबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनको दुई छोराले हत्या गरेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ। बिहीबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनको दुई छोराले हत्या गरेको प्रहरीले जनाएको छ।

दुई छोराहरूले प्रेशर कुकर र लोहोरोले हिर्काएर बुवाको हत्या गरेका थिए। पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षय शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन्। 

कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराति वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर छोराहरूले बुवालाई मरणासन्न हुनेगरी कुटेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Feb 18, 2022| 09:36 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।