बिहीबार, असार ११, २०८३

स्कुल बसको ठक्करबाट मोरङमा पैदल यात्रीको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–१ मा स्कुल बसले ठक्कर दिँदा बिहीबार साँझ एक जना पैदल यात्रीको मृत्यु भएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–१ मा स्कुल बसले ठक्कर दिँदा बिहीबार साँझ एक जना पैदल यात्रीको मृत्यु भएको छ। 

National life

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको पशुपति इङ्लिस बोर्डिङ स्कुलको बा१क ५६०९ नम्बरको बसले उर्लाबारी–मधुमल्ला पक्की सडक खण्डमा बसको ठक्करबाट मिक्लाजुङ गाउँपालिका-३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको हो।

दिउँसो ४:३५ बजेतिर भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा साँझ ७:४५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालक उर्लाबारी–४ का ६० वर्षीय हरिराज भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 18, 2022| 08:58 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।