सोमबार, असोज २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

Siddartha premir insuranceSiddartha premir insurance

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट) शुक्रबार (आज) देखि हुँदैछ।
 |  शुक्रबार, फागुन ६, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शुक्रबार, फागुन ६, २०७८

बुटवल- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट)  शुक्रबार (आज) देखि हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई जहाज बिहीबार भैरहवा आइपुगेको छ। 

triton college

विमानस्थलमा उडान र अवतरणका लागि प्राविधिक रूपमा तयार छ की छैन भनेर प्राविधिक परीक्षण गर्ने प्रक्रिया हो। धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छ या छैन भनेर क्यालिब्रेशन परीक्षण उडान गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट उडानका लागि तयार हुने छ।  एरो थाईले शुक्रबारदेखि सुरु गर्ने क्यालिब्रेशन आगामी फागुन १५ गतेसम्म जारी राख्ने छ। 

दैनिक ७ घण्टाका दरले क्यालिब्रेशन उडानमार्फत विमानस्थलको अवस्थाबारे २ महिनाभित्र नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई रिपोर्ट दिनेछ। रिर्पोटका आधारमा प्राधिकरणले आगामी २ फागुनमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखेको छ। केही दिनअघि मात्रै नागरिक उड्डयन संस्कृति तथा पर्यटन मन्त्री प्रेमबहादुर आलेले विमानस्थलको निरीक्षण गर्दै बुद्धपूर्णिमा भित्रै उडान भर्ने अठोट गरेका थिए। 

बिहीबार काठमाडौं ओर्लेको एरोथाईको प्राविधिक सहितको जहाज साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो। शुक्रबार १२ बजेपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्राविधिकहरूसँग छलफल गरेपछि भिओआर परीक्षण सुरु गरिने क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए। उनले क्यालिब्रेसन फ्लाइट सुरु भएपछि जेठ २ (बुद्धपूर्णिमा) का दिन व्यावसायिक उडान गर्न सकिने बताए। 

अब गौतमबुद्ध विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा पर्छ। आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले क्यालिब्रेशन फ्लाइट सुरु भएकाले अब उडान निश्चित जस्तै भएको बताए। 

Metro Mart
vianet

गौतमबुद्धको जन्मथलो लुम्बिनीको काखमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि लुम्बिनी आउने पर्यटक सिधै यहाँ आउन सक्नेछन्। क्यालिब्रेशन फ्लाइट सुरु हुन थालेपछि भैरहवा, बुटवल क्षेत्रका उद्योगी व्यवसायीहरूले समेत खुसी व्यक्त गरेका छन्। मध्यनेपालमा रहेको रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय उडान हुँदा पश्चिम नेपालका नागरिकहरूले राहत पाउनेछन्। 

यसरी सुरु भएको थियो विमानस्थल निर्माण 

वि.सं. २०७१ साल माघ १ गते ( जनवरी,१५ २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो। त्यतिखेर सन् २०१७ डिसेम्बरसम्ममा निर्माण सकेर अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य र ६० मिटर चौडाइ र ३ किलोमिटर धावन मार्ग, १९ सय  मिटरको ट्याक्सी वे रहेको विमानस्थलमा ५ वटा  वाइड बोडी जहाज पार्किङ गर्न सकिने छ। अहिलेको टर्मिनल भवन ४५ सय जना यात्रु क्षमताको रहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि १ सय ५१ जना कर्मचारीको दरबन्दी पनि स्वीकृति भएको छ। 

गौतमबुद्ध विमानस्थलको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ। यो रकम जग्गा अधिग्रहण बाहेकको रकम हो। २१ अर्ब मुआब्जा बापत मात्रै आयोजनाले रकम दिएको छ।  एसियाली विकास बैंक (एडिबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए। 

सन् २०१४ नोभेम्बर १३ मा ८५ दशमलव ५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनसँग आइसिबी १ नम्बर परियोजनाका लागि ७८ दशमलव ३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो।

प्रकाशित: Feb 18, 2022| 08:20 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।