मंगलबार, वैशाख ९, २०८२

बन्धक बनाई रातभर बलात्कार

महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
 |  बिहीबार, फागुन ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

vianetvianet

बैतडी- बैतडीमा एक विवाहित महिला बलात्कृत भएकी छिन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

triton college

उनले भने, 'अदालतले पक्राउ पूर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अनुसन्धानमै छौँ।' गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार वर्षीया छोरीको बाल पोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन्। 

 सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर बन्धक बनाई रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन्। 

पीडित महिलाको छाती, गाला र शरीरका विभिन्‍न भागमा घाउ छन्। पीडित महिलाका एक छोरा र एक बोल्न तथा हिँडडुल गर्न नसक्ने छोरी छन्। श्रीमान् पनि घरमै रहेका बताइएको छ। आरोपित नेगी पनि विवाहित हुन्। 

प्रकाशित: Feb 17, 2022| 21:07 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।