बिहीबार, असार ११, २०८३

आगलागीबाट एक बिघा जग्गामा लगाइएको उखुबालीमा क्षति

बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा आज अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८
National life
Shivam cement

कञ्‍चनपुर - बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा आज अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ। 

दिउँसो करिब ३ बजेको समयमा एक बिघा जग्गामा लगाइएको उखुबालीमा आगलागी भएको हो। आगलागी हुँदा रु दुई लाखभन्दा बढीको क्षति भएको पीडित चौधरीले बताए। 

आगलागीका कारण भने खुल्न सकेको छैन। उखुबारीमा आगोको मुस्लो उठ्न थालेपछि स्थानीय बासिन्दाको निकै प्रयासपछि आगो निभाइएको थियो। 'उखु काट्नका लागि योजना बनाउँदै थियौँ,' चौधरीले भने, 'आगलागी हुँदा वर्षभरिको मेहेनत खेर गएको छ। आगलागीले उखुका बोट पूरै सुकेका छन्।'

प्रकाशित: Feb 17, 2022| 22:30 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।