काठमाडौं- सरकारले नेपाल प्रहरीमा तीनजना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यससँगै नेपाल प्रहरीमा एआईजीको दरबन्दी संख्या आठ पुगेको छ। दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालयमा पठाएको थियो।
गृहमन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो। थपिएको दरबन्दी मानव श्रोत एवम् प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरोमा र प्रदेश समन्वय विभागमा रहनेछन्।