शनिबार, साउन ३०, २०८३

बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले धनपालथान गाउँपालिका–५ बबियाका ४५ वर्षीय कालुराम खवासलाई बिहिबार पक्राउ गरेको हो। प्रहरीका अनुसार खवास धनपालथान–५ मा रहेको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनीमाथि महिलालाई घरमै पुगेर बलात्कार गरेको आरोप छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

विराटनगर- २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापकलाई मोरङको धनपालथानबाट प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले धनपालथान गाउँपालिका–५ बबियाका ४५ वर्षीय कालुराम खवासलाई बिहिबार पक्राउ गरेको हो। प्रहरीका अनुसार खवास धनपालथान–५ मा रहेको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनीमाथि महिलालाई घरमै पुगेर बलात्कार गरेको आरोप छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गत पुस १२ गते राति महिलाको घरमै पुगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा खवासलाई पक्राउ गरिएको जानकारी दिए। 

उनका अनुसार प्रअ खवासविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट आज म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ। बलात्कारपछि महिलाको साथमा रहेको नगदसमेत लुटेर खवास फरार भएको जाहेरी प्रहरीमा परेको डिएसपी श्रेष्ठले बताए। 

बलात्कार गरेको आरोप लागेको शिक्षक खवासले पीडित महिलाको ७ लाख रुपैयाँ लगेको जाहेरीमा उल्लेख गरेकी छन्। पीडितका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले पठाएको रकम खवासले लगेको जाहेरीमा उल्लेख छ।

प्रकाशित: Feb 17, 2022| 18:46 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।