काठमाडौं- जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी बसन्त अधिकारीले पाएका छन्।
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत माघ २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा नियुक्त गरेको हो।
उनी दशौं तहका कर्मचारी हुन्। यसअघि स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुख सागर घिमिरे थिए। यसअघि अधिकारी स्वास्थ्य कार्यालय हेटौंडाको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुख थिए।