काठमाडौं- काठमाडौं महानगरपालिका-१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाइँकुण्ड नगरपालिका-५ घर भएका दुई जना रहेका छन्। उनीहरू १८/१८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरू फेला पारेको हो।
उनीहरूमाथि चोरी गर्न नहुने कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि सनुसन्धान थालिएको प्रहरीले जनाएको छ।