काठमाडौं- बरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ। उनको उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुकी निधन भएको हो।
हृदयघातका कारण बुधबार बेलुकी आचार्यको निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ। एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो।
बिहीबार बिहान पशुपति आर्यघाटनमा उनको अन्तिम संस्कार गरिएको छ। सन् २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’बाट निर्देशन यात्रा थालेका आचार्यको अन्तिम फिल्म गोपिकृष्ण मूभिजको ‘प्रीतिको फूल’ बन्यो।
फिल्मअघि आचार्यले नेपाल टेलिभिजनको लागि ‘स्मृति’ नामक टेलिसिरियल निर्देशनसमेत गरेका थिए।