शनिबार, साउन ३०, २०८३

हामी बोली फेर्दैनौं, एमसीसी पास हुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसी पास हुने दाबी गरेका छन्।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसी पास हुने दाबी गरेका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)को लोकार्पण कार्यक्रममा बोल्दै थापाले एमसीसी पारित गर्नुपर्नेमा कांग्रेस अडिग रहेको धारणा राखेका हुन्।

उनले एमसीसी पारित गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। महामन्त्री गगन थापाले कांग्रेस आफ्नो दायित्वबाट च्यूत हुन नहुनेसमेत बताएका छन्।

क्षणिक लाभका लागि बोलि फेर्न नहुने उनको भनाइ थियो । ‘कांग्रेस आफ्नो दायित्वबाट च्यूत हुन हुँदैन, क्षणिक लाभ हेर्न हुँदैन। कांग्रेसले बालुवाटारमा एक र बालकोट अर्को बोल्ने काम गर्दैन,’ उनले भने।

नले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी कांग्रेस नभएको बताएका छन्।

प्रकाशित: Feb 17, 2022| 11:50 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।