बिहीबार, असार ११, २०८३

सत्ता गठबन्धनको बैठक सर्‍यो

एमसीसीका विषयमा धारणा बनाउन बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सारिएको छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- एमसीसीका विषयमा धारणा बनाउन बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सारिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएसँगै बैठक दुई घण्टा सारिएको हो।

National life

देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता छ। उक्त छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बेलुका ५ बजे बस्ने तय गरिएको प्रचण्डको सचिवालयले जानकारी दिएको हो।

सगठबन्धनका नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा आजै 'निर्णायक' छलफल गर्ने बताइएको छ।

प्रकाशित: Feb 17, 2022| 11:10 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।