शनिबार, साउन ३०, २०८३

३७ वर्ष फरार रहेका हत्या आरोपी ललितपुरबाट पक्राउ

२०४१ सालमा एक व्यक्तिको हत्या गरी फरार रहेका आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङ रहेका छन्।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

ललितपुर- २०४१ सालमा एक व्यक्तिको हत्या गरी फरार रहेका आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङ रहेका छन्।

उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ। ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो। 

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि ब्यूरोबाट परिचालित टोलीले तामाङ्लाई बुधबार ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

प्रकाशित: Feb 17, 2022| 04:55 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।