शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चक्कु प्रहार गरी बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

चक्कु प्रहार गरी बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

दाङ- पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। 

निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई बुधबार दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए। 

यसअघि बाबुछोराबीच पटक–पटक झगडा हुने गरेको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। आज के कारणले बुबाको हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको र यस बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले बताएको छ।

प्रकाशित: Feb 16, 2022| 23:05 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।