बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रक्तचन्दनको ठेक्का मिलाएदिन्छु भन्दै घुस लिँदै अधिकृत, अख्तियारले हाल्यो मुद्दा

रक्तचन्दनको ठेक्का मिलाएदिन्छु भन्दै घुस लिँदै अधिकृत, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

National life

रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस लिएर फरार भएको आरोप उनीहरूमाथि लागेको छ। अख्तिराले दायर गरेको आरोपपत्रमा मिश्रले ७० लाख रुपैयाँ घुस लिएको उल्लेख छ। 

घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रले छोरा नवीनकुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ। अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी गरेको छ।

मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट खुलेको छ। उनीविरुद्ध पनि २५ लाख बिगो मागदाबी लिएर मुद्दा दायर गरिएको छ। 

प्रकाशित: Feb 16, 2022| 15:26 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।