बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री निवास पुगे प्रचण्ड, एमसीसी अगाडि नबढाउन देउवालाई आग्रह

प्रधानमन्त्री निवास पुगे प्रचण्ड, एमसीसी अगाडि नबढाउन देउवालाई आग्रह

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

पार्टी संसदीय दलको बैठकले गरेका निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन उनी बालुवाटार पुगेका हुन्। प्रचण्डले देउवालाई एमसीसी तत्काल अघि नबढाउन आग्रह गरेको बताइएको छ।

माओवादीले एमसीसी यथास्थितिमा अगाडि बढाउन नहुने निष्कर्ष निकाल्दै कांगेसले जबर्जस्ती अगाडि बढाए सरकार छोड्ने चेतावनी दिएको छ।

राष्ट्रिय सहमतिबिना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने निर्णय संसदीय दलको बैठकले गरेको छ। संसद् बैठक आज दिउँसो १ बजे बस्दैछ। त्यसअघि कार्यव्यवस्था समितिको बैठक बसेको छ। 


प्रकाशित: Feb 16, 2022| 12:04 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...