बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कार्यव्यवस्था समिति बैठकमा एमाले नजाने, संसद् बैठकमा अवरोध जारी राख्ने

कार्यव्यवस्था समिति बैठकमा एमाले नजाने, संसद् बैठकमा अवरोध जारी राख्ने

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ।

समितिका सदस्य एमाले सांसद खगराज अधिकारीले ‘पार्टी कामको व्यस्तता’ कारण बैठकमा जान नभ्याइने भएको बताएका छन्। सभामुखले अहिले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्थाको बैठक बोलाएका छन्। आजै दिउँसो १ बजे बस्न लागेको संसद् बैठकको कार्यसूची तय गर्न उनले बैठक बोलाएका हुन्।

कार्यव्यवस्था समितिको बैठकमा सरकारको तर्फबाट कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी प्रस्तुत गर्ने प्रस्ताव राख्ने तयारी गरेको बताइएको छ। 

एमालेले आजको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ। 

प्रकाशित: Feb 16, 2022| 11:00 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...