सोमबार, फागुन १८, २०८२

नेपाल बन्दको प्रभावसँगै सुनसान काठमाडौं [आठ तस्बिर]

एमसीसीको विरोधमा बुधवार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्। संसदमा एमसीसी टेबल गराउने तयारी भएसँगै नेपाल बन्दको आह्वान गरिएको हो।
 |  बुधबार, फागुन ४, २०७८

पवन घिमिरे

पवन घिमिरे

बुधबार, फागुन ४, २०७८

काठमाडौं- एमसीसीको विरोधमा बुधवार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका छन्। संसदमा एमसीसी टेबल गराउने तयारी भएसँगै नेपाल बन्दको आह्वान गरिएको हो।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन्।

जसले गर्दा काठमाडौं उपत्यकाका सडक र चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीकाअनुसार यतिबेला काठमाडौं उपत्यकामा फाट्टफुट्ट गाडी गुडिरहेका छन्। तर, लामो दूरीका सवारी भने  चल्न सकेका छैनन्।

यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएको हो।

kumari

महानगरीय प्रहरी परीसर काठमाडौंका एसपी दिनेशराज मैनालीले काठमाडौंमा बन्दको प्रभाव देखिएकाले उच्च सतर्कता अपनाइएको बताएका छन्।


 

प्रकाशित: Feb 16, 2022| 08:42 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।