बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले सार्वजनिक गर्‍यो एमसीसी टाइमलाइन, यी हुन् कार्यसम्पादनका निर्णय [सूचीसहित]

कांग्रेसले सार्वजनिक गर्‍यो एमसीसी टाइमलाइन, यी हुन् कार्यसम्पादनका निर्णय [सूचीसहित]

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले एमसीसी टाइमलाइन प्रकाशन गरेको छ। एमसीसी सम्झौताका सन्दर्भमा दोहोरो दृष्टिकोण नराख्न आग्रह गर्दै सकिएको समिति बैठकले एमसीसीको प्रक्रिया सुरु भएदेखि हालसम्मको प्रगति उल्लेख गरिएको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले एमसीसी टाइमलाइन प्रकाशन गरेको छ। एमसीसी सम्झौताका सन्दर्भमा दोहोरो दृष्टिकोण नराख्न आग्रह गर्दै सकिएको समिति बैठकले एमसीसीको प्रक्रिया सुरु भएदेखि हालसम्मको प्रगति उल्लेख गरिएको छ।

मंगलबार सकिएको बैठकले एमसीसी अघि बढाउने सन्दर्भमा सबै राजनीतिक दल अछूतो नरहेको भन्दै एमसीसी सबै मिलेर पास गर्न आग्रह गर्ने निर्णय गरेको हो। 

‘एमसीसीमार्फत सहयोग प्राप्त हुँदैछ। यसमा सत्तामा रहेका कुनै पनि दल अछूतो छैनन्। माओवादी नेतृत्वको सरकार (बाबुराम भट्टराईको प्रधानमन्त्रीकाल) बाट एमसीसीको प्रक्रिया सुरु भएको हो। त्यसयताका सबै प्रधानमन्त्री र मन्त्रीहरु यसमा सामेल हुनुहुन्छ,’ बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘अहिलेका आलोचकहरु पनि त्यो मन्त्रीपरिषद्‍मा हुनुहुन्थ्यो। अहिले उहाँहरुले द्वैध चरित्र देखाइरहनु भएको छ। फरक समयमा फरक दृष्टिकोण आएका छन्। यसले नेपालको हित हुँदैन।’ 

पूर्वअर्थमन्त्रीसमेत रहेका तर वर्तमान संसदमा नरहेका डा रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताएका थिए। उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाए। उनले भने, ‘एमसीसी राष्ट्रको हितमा छ। यसलाई गलत चर्चा, गलत आलोचना गरेर भ्रमपूर्ण आलोचना गरी रोक्नु राष्ट्रको हितविपरीत हुन्छ। अमेरिका जस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन। एमसीसी यही बैठकबाट पारित हुनुपर्छ। फागुन १६ गतेभित्र पारित भएन भने सहयोग नहुन पनि सक्छ।’

यस्तो छ एमसीसी टाइमलाइन

प्रकाशित: Feb 15, 2022| 20:41 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...