बुधबार, भदौ ३, २०८३

संसद् बैठकभन्दा डेढ घण्टाअघि बोलाए सभामुखले कार्यव्यवस्था बैठक

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। भोलि बुधबार बिहान ११ः३० बजेका लागि परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभाको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकको एजेन्डा तय गर्नेछ। यसैबीच, बुधबारको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍मा टेबुल गर्न सभामुखले भनिसकेको बताएका थिए। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमै एमसीसी टेबुल हुन सक्ने संकेत पनि गरेका थिए।

एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटक पटक प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ।


प्रकाशित: Feb 15, 2022| 17:43 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...