बुधबार, भदौ ३, २०८३

स्वास्थ्यमन्त्रीले झुट बोलेको भन्दै एमालेले माग्यो राजीनामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गरेको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गरेको छ।

मन्त्री खतिवडाले सगरमाथा टेलिभिजनको एक कार्यक्रममा आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा लगाएको बताएका थिए।

सोही अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेर मन्त्रीको राजीनामा मागेको हो। तत्कालीन सरकारले संघीय संसद्का सदस्यलाई ०७७ फागुन १९ देखि २१ गतेसम्म निःशुल्क खोप लगाए र खतिवडाले सिभिल अस्पतालमा फागुन १९ गते खोप लगाएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झुटो र अफवाहपूर्ण छ। सिभिल अस्पताल बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ। उहाँले अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर हस्ताक्षरसमेत गर्नुभएको छ। उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले कोभिसिल्ड खोप लगाएको स्पष्ट छ।’

स्वास्थ्यमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिनु निन्दनिय र आपत्तिजनक रहेको एमालेले जनाएको छ। झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बस्नु उचित नहुने भन्दै एमालेले राजीनामा माग गरेको हो।


प्रकाशित: Feb 15, 2022| 17:31 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...