बुधबार, भदौ ३, २०८३

कांग्रेसले 'घरघर जाऊँ कांग्रेस जिताऊँ' अभियान चलाउने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी एक भएर जुट्ने निर्णय गरेको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी एक भएर जुट्ने निर्णय गरेको छ।

पार्टी मुख्य कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो। 

निर्वाचन घोषणापत्र तयारी समिति गठन गर्ने, निर्वाचनलाई ध्यानमा राखेर संगठन सुदृढीकरण गर्ने, घरघर जाउँ कांग्रेस जिताउँ भन्ने अभियान चलाउने, यसका लागि भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। फागुन २० देखि चैत २० सम्म यस्तो अभियान चलाउने कांग्रेसको निर्णय छ।

त्यसैगरी कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय पनि गरेको छ।


प्रकाशित: Feb 15, 2022| 17:25 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...