बुधबार, भदौ ३, २०८३

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

संघीय संसद् प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि बैठकको कार्यसूचीमा एमसीसी परेको छैन।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– संघीय संसद् प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि बैठकको कार्यसूचीमा एमसीसी परेको छैन।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍मा टेबुल गर्न सभामुखले भनिसकेको बताएका थिए। ‘हामी एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराउने पक्षमा छौं। मैले एमसीसी टेबुल गर्न सभामुखलाई भनिसकेको छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमै एमसीसी टेबुल हुन सक्ने संकेत पनि गरेका थिए। प्रधानमन्त्री देउवाले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने कुरामा सबै दलको सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे। बैठक चलिरहेकै बेला प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत भनेको बताइएको छ। तर, अहिलेसम्म सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका छैनन्।



प्रकाशित: Feb 15, 2022| 17:04 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...