बुधबार, भदौ ३, २०८३

एमसीसी टेबुल गर्न सभामुखलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌ बैठकमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई निर्देशन दिइसकेको बताएका छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌ बैठकमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह दिइसकेको बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदहरुलाई उनले यस्तो जानकारी जानकारी दिएका हुन्। 

‘हामी एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराउने पक्षमा छौं। मैले एमसीसी टेबुल गर्न सभामुखलाई भनिसकेको छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमै एमसीसी टेबुल हुन सक्ने संकेत पनि गरेका छन्। प्रधानमन्त्री देउवाले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने कुरामा सबै दलको सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे। बैठक चलिरहेकै बेला प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत भनेको बताइएको छ।

बैठकपछि कांग्रेस महामन्त्री गगनकुुमार थापाले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसद्‌मा टेबुल गर्ने सन्दर्भमा एमालेले षड्यन्त्र भइरहेको भन्नुमा प्रश्न उठाएको बताए। देउवाको भनाइ उद्धृत गर्दै थापाले भने, ‘हामीले जुन एमसीसी सम्झौता संसद्‌मा टेबुल गर्ने भनिरहेका छौं, यो एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते नै संसद्‌मा दर्ता गराएको हो। त्यसबेला ओली सरकारले संसद्‌मा अघि बढाउन नसकेको विधेयकलाई यो सरकारले अघि बढाउँदा कसरी षड्यन्त्र हुन्छ? एमसीसी अघि बढाउँदा त एमाले खुसी हुनुपर्ने हो।’

बैठकमा बोल्ने सबै सांसदले एमसीसी पारित हुनुपर्ने कुरामा जोड दिएका थिए। सांसद नभए पनि बैठकमा सहभागी भएका पूर्व अर्थमन्त्री डा। रामशरण महतले एमसीसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने भन्दै करिब एक घण्टा ब्रिफिङ गरेका थिए।

बैठकपछि कांग्रेस नेता डा. शशांक कोइरालाले भोलि बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन सक्ने बताए।उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए। नेता कोइरालाले एमसीसीको रुपरेखा नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल स्पष्ट पारे।

कोइरालाले भने, ‘रामशरण महतज्यूले एमसीसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो। ९ वटा देशमा त्यस्तै कार्यक्रमहरु चलिरहेको छ। त्यहाँ अमेरिकी सेना गएको छैन। यसको रूपरेखा नेपाल सरकारले नै तयार गर्ने हो भन्नुभयो भोलिको बैठकमा पेस हुनसक्ने सम्भावना छ।’ 

संसद् बैठकमा एमसीसी टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटा पनि लचिलो भएका छन्। हिजो आफूले बोलाएको सर्वदलीय बैठकमा उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका थिए। आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी उनको थियो।

‘मेरो भनाइ के हुन्छ भने म अम्पायरमात्रै हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ सभामुख सापकोटाले भने। बैठकमा सबैले एमसीसीबारे आ–आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए। आफूले सबैको कुरा सुनेर स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्ने उनको भनाइ थियो।

प्रकाशित: Feb 15, 2022| 14:37 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...