काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि बुधबार बिहानका लागि बैठक डाकिएको हो।
भोलि प्रतिनिधिसभाको बैठकअघि माओवादी संसदीय दलको बैठक बस्नेछ। बैठकमा खासगरी प्रधानन्यायाधीशमाथि दर्ता भएको महाभियोग प्रस्ताव संसद् बैठकमा टेबुल हुने तयारीमा रहेको एमसीसीबारे छलफल हुने बताइएको छ।
प्रधानन्यायाधीशमाथि महाभियोग लागेपछि नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक डाकेर यसबारे छलफल गरिसकेका छन्। एमालेको बैठक हिजो सोमबार र कांग्रेस संसदीय दलको बैठक आज बसेको थियो।
संसद् बैठक भने भोलि दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।