बुधबार, भदौ ३, २०८३

महाभियोगबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान नौ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ।

बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ।

साथै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ। संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।

आज नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुने बताइएको छ। आसन्न स्थानीय तह निर्वाचन, महाभियोग प्रस्ताव र एमसीसीलगायत विषयमा पनि छलफल हुनेछ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्चका चार जना न्यायाधीश र सभामुखमाथि महाभियोग अघि बढाउने तयारी गरेको छ। एमालेले संसदीय दलको बैठकमा सोमबार प्रत्येक सांसदलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ।

आइतबार साँझ बसेको सचिवालय र सोमबारको संसदीय दल बैठकले सत्ता पक्षको कदमको सदन, सडक र कानुनी क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Feb 15, 2022| 06:52 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...