बुधबार, भदौ ३, २०८३

रुपन्देहीका दुई पालिका अध्यक्ष एमाले प्रवेश

केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

बुटवल- रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन्। जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिराप्रसाद केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन्।

केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्। 

तराईमा निर्वाचनको मुखमा पार्टी प्रवेश गर्ने पूरानै परम्परा हो। यी दुवै पुन अध्यक्षमा दोहरिन चाहेकाले त्यसको सुनिश्चिताका लागि एमाले प्रवेश गरेको बताएका छन्। सोमबार रुपन्देहीको धकधईमा कार्यक्रम गरि नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री विष्णु पौडेलले अध्यक्षद्धय र उपाध्यलाई एमालेमा स्वागत गरेका हुन्। 

अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेक्रम बढेको एमालेले जनाएको छ। उपाध्यक्ष पौडेलले एमाले फेरी पनि पहिलो पार्टीका रुपमा स्थापित हुने बताए। उनले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको समेत जिकिर गरे।

प्रकाशित: Feb 15, 2022| 06:33 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...