शुक्रबार, असोज ३१, २०८२

सस्तो उपचारको लोभमा सीमापारि जाँदा ज्यानकै जोखिम

वीरगन्जका चिकित्सकका अनुसार बिहारको क्लिनिकमा प्रभाको अपरेसन गर्दा पेट चिरेर भित्रको भाग यत्तिकै छोडिएको रहेछ। मृत्युको मुखमा पुगेकी प्रभा जसोतसो बाँचिन्।
 |  मंगलबार, फागुन ३, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, फागुन ३, २०७८

पर्सा– पर्साको बहुदरमाई नगरपालिका–२ पिपरा टोलका रविन्द्र प्रसादले हालै आफ्नी श्रीमती प्रभादेवीलाई प्रसूति गराउन भारत बिहारको कोइरीहार चोकस्थित एउटा क्लिनिकमा लिएर गए। त्यहाँ उनको शल्यक्रिया गरेर बच्चा जन्माइयो र उनीहरु घर फर्के।

Kumaribank

घर फर्केको दुई दिनपछि प्रभाको पेट सुन्निन थाल्यो।  त्यसपछि दिसापिसाब रोकियो। उनीहरु पुनः सोही क्लिनकमा पुगे तर क्लिनिकले विभिन्न बहाना देखाएर उपचार गर्न मानेन। आत्तिएका दम्पतीले बिहारकै विभिन्न अस्पताल तथा क्लिनिक चहारे तर कुनैले पनि उपचार गरिदिएनन्। केही नलागेपछि उनीहरु वीरगन्ज फर्के र यहीँका चिकित्सकसँग जाँच गराए। वीरगन्जका चिकित्सकका अनुसार बिहारको क्लिनिकमा प्रभाको अपरेसन गर्दा पेट चिरेर भित्रको भाग यत्तिकै छोडिएको रहेछ। मृत्युको मुखमा पुगेकी प्रभा जसोतसो बाँचिन्।

गत साउनमा रौतहटको इशनाथ नगरपालिका औराहाकी सविता देवीलाई पनि श्रीमान् रमेशप्रसाद साहले बिहारकै कोइरीहार टोलको एक क्लिनिकमा अपरेसनका लागि लगेका थिए। अपरेसन गराएर फर्केको तेस्रो दिनदेखि उनको पनि दिसापिसाब बन्द भयो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनीहरु पुनः सोही क्लिनिकमा पुगे। त्यहाँका चिकित्सकले पेटमा क्यान्सर भएको र बाँच्ने सम्भावना कम भएको भन्दै घर फर्काइदिए।

वीरगन्जका चिकित्सकका अनुसार बिहारको क्लिनिकमा प्रभाको अपरेसन गर्दा पेट चिरेर भित्रको भाग यत्तिकै छोडिएको रहेछ। मृत्युको मुखमा पुगेकी प्रभा जसोतसो बाँचिन्।

त्यसपछि उनीहरु वीरगन्जको नारायणी अस्पताल पुगे र डा.मनोजकुमार गुप्तालाई चेक गराए। जाँच गर्दा थाहा भयो– त्यहाँको डाक्टरले पाठेघरको अपरेसन गर्नुको साटो आन्द्रा काटेर यत्तिकै पठाइदिएको रहेछ। सिकिस्त अवस्थामा पुगिसकेकाले डा. गुप्ताले आन्द्राको नली बाहिर निकालेर सुक्नलाई छाडिदिए। आन्द्रा सुकेपछि गत साता उनको अपरेसन गरेर जोडियो। अहिले उनी स्वास्थ्य लाभ गरिरहेका छन्।

Metro Mart

सस्तोको लोभमा सीमापारि गएर जथाभावी उपचार गराउँदा दुःख पाएका धेरै उदाहरण छन्। मापदण्ड नपुगेका क्लिनिक र अदक्ष डाक्टरका कारण थुप्रै नेपालीको ज्यान जोखिममा परिरहेको छ। खासगरी आर्थिक अवस्था कमजोर भएका बिरामी सीमापारि गएर क्लिनिकमा उपचार गराउने गरेको पाइन्छ।  उता गएर अपरेसन गराउँदा लापरबाहीका कारण कतिपयको ज्यान नै जाने गरेको डा. गुप्ता बताउँछन्। गुप्ता भन्छन्, ‘उता बिग्रिएर आएका थुप्रै केस नारायणीमा उपचारपछि निको भएका छन्। पित्तथैलीमा पथरी भएका महिलाको  पाठेघर नै फालिदिएको, आन्द्रा काटिएको आदि केस यहाँ आइपुग्ने गरेको छ।’

सुरुमा नै नेपालका स्वास्थ्य संस्था वा चिकित्सकहरुसँग परामर्श लिन उनको सुझाव छ। ‘सीमापारिका मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरु भन्दा राम्रो उपचार यहीँ हुन्छ। थोरै पैसाको फाइदा हेर्दा ज्यानै जोखिममा पर्छ,’ गुप्ता भन्छन्।

पर्साका सामाजिक अभियन्ता दिलिपराज कार्की यहीँका चिकित्सकले उपचार गर्दा केही कमजोरी भए तुरुन्त दबाब दिन पनि सकिने भएकोले सीमापारि उपचारको जोखिम मोल्नु नपर्ने बताउँछन्। ‘केही सस्तो हुने लोभमा आफ्नो ज्यानमाथि लापरबाही गर्नु हुँदैन। यहीँ राम्रा अस्पताल छन्, दक्ष डाक्टर छन्,’ कार्की भन्छन्।

प्रकाशित: Feb 15, 2022| 11:34 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।