काठमाडौं-नेकपा एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले देशलाई द्वन्द्वतिर लैजान सत्ता गठबन्धन उद्यत रहेको आरोप लगाएका छन्। एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता भट्टराईले यस्तो आरोप लगाएका हुन्।
'कांग्रेस नेतृत्वको गठबन्धनले मुलुकलाई राजनीतिक अस्थिरतातिर डोर्याउन खोजेको छ। दलहरूबीचको सम्बन्ध बिगार्न खोजेको छ। यसले मुलुकलाई द्वन्द्वतिर लैजान खोजेको छ। त्यसले संविधान र लोकतन्त्रलाई घात गर्छ,' नेता भट्टराईले भने।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोगका विषयमा आफूहरूले समीक्षा गरिरहेको उनको भनाइ छ।
'एमालेप्रति ध्यानाकर्षण हुनु स्वाभाविक हो। ठूलो दल भएकाले यो दलका निर्णय देशका लागि महत्वपूर्ण छन्। परिस्थितिको गम्भीरताका साथ समीक्षा गरेका छौँ। किन छापामार शैलीमा यस्ता घटना भइरहेका छन् भन्ने विश्लेषण गरिरहेका छौँ,' बैठकमा भएका छलफलबारे उनले भने।