बुधबार, भदौ ३, २०८३

'प्रधानन्यायाधीशलाई बोकेर हिँड्नुपर्छ भन्ने एमालेको मनसाय छैन'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिड्न नहुने धारणा राखेका छन्। एमाले संसदीय दलको बैठकमा उनले यस्तो धारणा राखेका हुन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिड्न नहुने धारणा राखेका छन्। एमाले संसदीय दलको बैठकमा उनले यस्तो धारणा राखेका हुन्। 

सोमबारको संसदीय बैठकमा सत्तारुढ दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाभियोग प्रस्तावबारे छलफल गरेको थियो। छलफलपछि बाहिरिने क्रममा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले अन्य न्यायाधीशविरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गर्ने भनेर गलत हल्ला चलाइएको दाबी गरेका थिए। 

'यसलाई व्यक्तिविशेषलाई गरेको आक्रमणका रूपमा मात्र नबुझेर राणाप्रति सकारात्मक भएको होइन। उहाँलाई बोकेरै हिँड्नुपर्छ भन्ने एमालेको मनसाय छैन। उहाँप्रति आलोचना गर्दै आएका छौँ। त्यसका बाजजुद पनि जुन नियतले आयो त्यो गलत छ,' अध्यक्ष ओलीलाई उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने। 

प्रकाशित: Feb 14, 2022| 15:28 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...