बुधबार, भदौ ३, २०८३

एमाले बैठक : 'महाभियोग'बारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई

नेकपा एमाले संसदीय दलले महाभियोगबारे निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- नेकपा एमाले संसदीय दलले महाभियोगबारे निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। 

'अदालतका विषयमा निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ,' बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने। 

आवश्यक परे सडक, सदन र अदालतबाट पनि सबै विसंगतिका विरुद्ध अघि बढ्ने उनको भनाइ छ। 

यस्तै आफूहरुको माग पूरा नहुन्जेलसम्मका संसद्‍मा विरोधका कार्यक्रम यथावत् राख्ने उनको भनाइ थियो। 

एमसीसीबारे भने सत्तारुढ दलले प्रष्ट धारणा दिएपछि मात्र एमालेले निर्णय गर्ने उनको भनाइ छ। 

'एमसीसीबारे सत्तारुढको एकीकृत धारणा प्रस्ताव आइसकेपछि र संसदमा त्यो विषय टेबुल भइसकेको एमालेले निर्णय गर्छ। एमाले राष्ट्रिय हितको पक्षमा हुन्छ। 

जनताको पक्षमा हुन्छ,' उनले भने। 

प्रकाशित: Feb 14, 2022| 15:19 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...