बुधबार, भदौ ३, २०८३

सभामुखले डाकेको सर्वदलीय बैठक सुरु, एमाले गएन

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सर्वदलीय बैठक सुरु भएको हो।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काडमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सर्वदलीय बैठक सुरु भएको सभामुखको सचिवालयले जानकारी दिएको हो। 

सभामुखले डाकेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रतिनिधिहरूको भने बैठकमा उपस्थिति छैन। 

सभामुखले समसामयिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

प्रतिनिधि सभामा दर्ता भएको एमसीसी सम्झौता अनुमोदन गर्ने प्रस्तावलाई सभामुखले करिब अढाई वर्षदेखि रोकेर राखेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ४ गते बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावलाई पेस गर्न आग्रह गर्दै आएका छन्। 

सोही विषयमा छलफल गर्नका लागि सभामुखले बैठक बोलाएको बताइएको छ। 

प्रकाशित: Feb 14, 2022| 14:53 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...