बुधबार, भदौ ३, २०८३

एमालेले महाअभियोग बारे सुझबुझपूर्ण निर्णय गर्छ : ओली

प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत भएको बताएका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

 काठमाडौं- प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत भएको बताएका छन्।

एमाले सांसदीय दलका नेतासमेत रहेका ओलीले कांग्रेससहित सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको टिप्पणी गरेका हुन्। उनले आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दर्ता भएको महाअभियोको प्रस्ताव गलत भएको र स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रका रूपमा यसलाई बुझ्न सकिने बताएका हुन्।

सत्तापक्ष र प्रतिपक्षबीच संवादको वातावरण बनिरहेका बेला एक्कासी प्रधानन्यायाधीशविरुद्ध यस्तो प्रस्ताव आउनुभित्र गम्भीर षड्यन्त्र लुकेको हुन सक्ने उनले बताए।

बैठकमा अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा एमालेले हतार र उत्तेजनामा निर्णय नगर्नेसमेत बताएका छन्। उनले महाअभियोगबारे सुझबुझपूर्ण निर्णय लिने बताएका हुन्।

प्रकाशित: Feb 14, 2022| 14:37 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...