आइतबार, असार २८, २०८३

रामकृष्ण ढकालको 'तिम्ले बोल्ने बोली' सार्वजनिक [भिडियोसहित]

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला (आकाश) को शब्द रचना रहेको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- गायक रामकृष्ण ढकालको स्वरमा रहेको 'तिम्ले बोल्ने बोली' बोलको नयाँ गीत 'भ्यालेनटाइन डे' को छेको पारेर सार्वजनिक भएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला (आकाश) को शब्द रचना रहेको छ। प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन्।

चलचित्रका निर्देशक समेत रहेका सुव्रत आचार्य निर्देशित म्यूजिक भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर र सरिता कठायत असिस्टेन्ट डाइरेक्टरको रुपमा छन्। दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन्। रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गरेका हुन्।

भिडियो सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे। 'तिम्ले बोल्ने बोली' ले 'भ्यालेनटाइन डे' विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए। यो गीत उनकै नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।

भिडियोका मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए। उनले भने, ‘म रामकृष्ण दाईको बच्चैदेखि ठूलो फ्यान हुँ। उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो। यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु।’ 'तिम्ले बोल्ने बोली' गीत दर्शकलाई मन पर्नेमा उनी आशावादी देखिए।

त्यस्तै, गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन्। निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको बताए। उनले भिडियोलाई 'भ्यालेनटाइन डे' सँग जोड्ने गरी तयार गरेका छन्। भिडियोमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको देखिन्छ।

रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतीमा गीत तयार भएको हो। गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले १० वर्ष अगाडि लतासँग 'बाचुन्जेलीलाई' गीत गाएका थिए।


प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।