बुधबार, भदौ ३, २०८३

अब एमसीसी संसद‍्मा टेबुल हुन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्। 

‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद‍्मा एमसीसी बारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसद्मै हुन्छ,’ उनले भने।  

नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथिको महाभियोग प्रस्ताव स्वाभाविक भएको बताए। जबरा माथि नेपाल बार एसोसिएसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविकरूपमा लिन नहुने उनको भनाइ थियो। 

‘नेपाल बार र न्यायाधीशहरूले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो। उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउँदै आउनुभएको थियो। तर, उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन,’ पौडेलले भने, ‘त्यो भनेको महाअभियोग लगाएर देखाऊ भनेको हो। त्यसैले महाभियोगको प्रस्ताव ल्याइएको हो।’ 

नेता पौडेलले संसद् पुनः स्थापनको फैसला गर्ने चार न्यायाधीश माथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याएर त्यसलाई संसद् स्वीकार गर्न नहुने बताए। ‘सर्वोच्चको फैसला सबैले मान्नुपर्छ। संसद् पुनः स्थापनाको फैसला गर्ने चार न्यायाधीश माथि एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले अस्वीकार गर्नुपर्छ,’ उनले भने, ‘२०५१ मा मनमोहनले संसद् भंग गरेपछि पुनः स्थापनको फैसला गर्ने तत्कालीन प्रन्याविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याएको थियो। त्यो बेला म सभामुख थिएँ। नियम, कानून पल्टाएर हेरेपछि मैले त्यो प्रस्तावलाई अघि नबढाउने निर्णय गरेको थिएँ।’

प्रकाशित: Feb 14, 2022| 14:22 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...