काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले मंगलबार बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक आह्वान गरेको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ। आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। बैठकले सोही विषयमा समेत छलफल गरेको छ।
प्रतिनिधि सभा बैठक बुधबर बस्दैछ। उक्त बैठकमा एमसीसी टेबल हुने आकलनसमेत गरिएको छ।