बुधबार, भदौ ३, २०८३

सर्वोच्चको आदेशपछि हाजिर गर्न कार्यालय पुगे महानिर्देशक क्षत्री

सर्वोच्च अदालतको आदेशपछि नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षत्री कार्यालय पुगेका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं-  सर्वोच्च अदालतको आदेशपछि नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षत्री कार्यालय पुगेका छन्। प्राधिकरणको कार्यकारी निर्देशकबाट अनिवार्य अवकाश दिइएका क्षेत्रीलाई सर्वोच्च अदालतले नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएसँगै उनी कार्यालय पुगेका हुन्।

उनी आज बिहान साढे १० बजे कार्यालय पुगेका हुन्। हाजिर गर्न गएका क्षेत्री अहिले आन्तरिक छलफलमा रहेको प्राधिकरणले जनाएको छ।

५८ वर्षे उमेर हदका कारण पुस २५ गते अनिवार्य अवकाश पाएको भन्दै प्राधिकरणले क्षेत्रीलाई पत्र दिएको थियो। तर, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५६ को दफा १९ अनुसार आफ्नो चार वर्षे कार्यकाल २०८२ कात्तिक ८ गतेमात्र सिद्धिने तर्क गर्दै क्षेत्रीले प्राधिकरणलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

आइतबार न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

अदालतबाट अल्पकालीन अन्तरिम आदेश पाएपछि क्षेत्री सोमबार महानिर्देशकको हैसियतमा काममा फर्किएका हुन्। 

प्रकाशित: Feb 14, 2022| 11:54 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...