बुधबार, भदौ ३, २०८३

एमालेले बहिस्कार गर्‍यो सभामुखले बोलाएको सर्वदलीय बैठक

तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वोदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ। सभामुख सापकोटाले सर्वदलीय बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने गरी आह्वान गरेका थिए। 

तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने बताएका छन्। सभामुखविरुद्ध आफ्नो असहमति रहेको समयमा उनैले बोलाएको बैठकमा सहभागी हुनुको कुनै तुक नरहेको तामाङले बताए।

प्रकाशित: Feb 14, 2022| 10:14 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...