बुधबार, भदौ ३, २०८३

सत्ता गठबन्धन 'ठगबन्धन'हो : विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्। 

गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनले सत्ता ‘गठबन्धन’लाई ‘गठबन्धन’को संज्ञा दिएका हुन्।

उनले  सामाजिक सञ्जालमा लेखेका छन्, 'गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुङ्गा हानेको छ। ढुङ्गा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि, फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि?’

यसैबीच एमाले संसदीय दलको बैठक बस्ने भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ। महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।

प्रकाशित: Feb 14, 2022| 09:33 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...